अाज असाेज १ गते विध्यालयकाे वार्षिकाेत्सव मनाउने दिन । याे त ६५ अाै जन्म दिन पाे हाे त । जव कुनै मानिस ६५ वर्षकाे हुन्छ उसमा गतिशिलताका हिसावले उर्जा कम भइराखेका भेटिन्छ । तर जव कुनै विध्यालय ६५ अाै वसन्त पुरा गर्छ उसमा याैवन अवस्था शुरू हुन्छ र त्यस याैवननावस्था सदाकाे लागि थप र उर्जाशिल वनाइनु पर्छ । याे नै हाे अहिलेकाे वास्तविकता। हामी एउटा कर्मभुमीमा छाै । हामीलाइ याे अवस्थामा ल्याइ हस्तान्तरण गर्नुभएका प्रती हार्दिक नमन गर्नु छ । वहाहरूकाे अपुर्व सहयाेग र संघर्षवाट प्राप्त भयकाे याे निस्सा भावि पुस्ताका लागि सगाैरव प्रदान गर्नु छ। सगसंगैं कर्मकाे याे अथाह सघर्षमा थप अझ हाेमिनु छ । फरक कर्म र अाचरणवाट मात्र ति सपनाहरूले प्रारूप पाउने छन् ।
समय फरक थियाे । परिस्थिती अनुकुल कती थिएन । काेभिडले थिलाे थिलाे पारेका समाज । सगसगै वारम्वार त्रसित वनायकाे परिवेश सवैकाे लागि चुनाैती थियाे। छलफलकाे विषय वनेकाे थियाे के कसरी ६५ अाै वार्षिकाेत्सव मनाउने । पाेहाेर सालकाे जस्ताे अनलाइनवाट विगत, वर्तमान र भविष्यकाे खाेजि गरेर प्राप्त भयकाे जुन फरक पन छ यसलाइ थप भिन्न वनाइ अगाडी वढाउने वा भाैतीक उपस्थितीमै कार्यक्रम गर्ने । गतसाल प्राप्त भयकाे निचाेडलाइ संस्थाकाे हितकाे खातिर अगाडि के कति वढाइयाे । यसकाे लागि कस्ले सुझाव संकलन गर्ने र ति सुझावलाइ कसले डकुमेन्टेशन गर्ने प्रष्ट भएन वा त्यसकाे वास्तामा हामी सवैकाे चासाे कम भयाे । कमि कमजाेरीमा पनि फरकपन खाेज्ने र त्यसवाटपनि सकरात्मक निचाेड निकाल्ने हाम्रा वानीले विध्यालयकाे उन्नतीलाइ थप दह्राे वनाएकाे हाे । यसैले पनि याे वर्षकाे जन्मदिनकाे उत्सव र त्यसकाे डकुमेन्टेशन अाैधी अावश्यक थियाे । अत याे वर्षकाे वार्षिकाेत्सव फरक वनाउनु थियाे र मनाउनु थियाे त्याे कार्य पनि पुरा भइसकेकाे थियाे त्यसै गरी दाेस्राे काम समिक्षा थियाे त्याे पनि पुरा भैसकेकाे थियाे । यसैले यस विषयमा थप चर्चा गरिरहन अावश्यक छैन ।
विषय याे वर्षकाे विध्यालयकाे वार्षिकाेत्सव मनाउने सन्दर्भ र उपादेयता हाे । समय अाततयी नै थियाे । तर गत साल भन्दा कम त्रसित थियाे । विध्यालय भाैतिक रूपमा खाेल्न पाउने अधिकार विध्यालयलाइ अझ प्राप्त भइसकेकाे थिएन अत विध्यालयले एकदिन सामान्य खेलकुदकाे कार्यक्रम र एकदिन अनलाइन कार्यक्रम राख्ननै उपयुक्त नै देखिन्थाे र साेहि अनुसार असाेज १ गते विध्यालयकाे जन्मदिनकाे अवसर पारेर सामुदायिक विध्यालयकाे उन्ननयन गर्ने उद्देश्यले भर्चुयल माध्यमवाट सामुदायिक विध्यालय रूपान्तरणका लागि चुनाैति र अवसर नामक अन्त्तर्क्रिया कार्यक्रम राष्टिय शैक्षिक व्यत्तित्वहरू क) लिलामणी पाैडेल, पुर्व मुख्य सचिव ख) डा . हरी लम्साल, सहसचिव, शिक्षा मंत्रालय, ग) लक्ष्मण अर्याल, अध्यक्ष ने. रा. शि. सं. र घ) राजेन्द्र दाहाल, वरिष्ट पत्रकार, शिक्षक मासिक ले अाफ्नाे तर्फवाट वर्तमान शैक्षिक अवस्था र भविष्यका चुनाैतिहरू सम्वन्धमा करिव ३ घण्टे शैक्षिक उन्ननयनमा वहस कार्यक्रम भयाे ।
समय विहानकाे ७ वजेकाे थियाे । स्वास्थ अनुकुल थियन । मन वेचैन थियाे । हामिलाइ प्राप्त भयकाे जुम अा डि राखि प्रवेश गरेकाे करिव २३.२४ जना उपस्थित भइसक्नु भयकाे पाए । साेही समयमा हामिलाइ जुम अाडि उपलव्ध गराउने अादरणिय प्रविधी मैत्री शिक्षक समाज नेपालकाे अध्यक्ष श्री भुपती वस्याल हामीलाइ जुमकाे हाेस्ट दिइ अाफ्नाे विध्यालयकाे समेत वार्षिकाेत्सव मनाउन जान खाेज्दैहुनुहुन्थाे । अत मैले वहासंगवाट साे हाेस्ट प्राप्त त गरे तर कार्यक्रमका सम्वन्धमा मलाइ केहि पनि थाहा थियन । विध्यालयले अामन्त्रण गरेका विशेष वक्ताहरू उपस्थित भइसक्नु भएकाे थियाे । करिव ७.३० वजेवाट कार्यक्रम शुरू भयाे र कार्यक्रम शिक्षक जिवन अाचार्यवाट अध्यक्षता वि. व्य. स. अध्यक्ष श्री राजेश कुमार अर्यालवाट प्रारम्भ भइ अतिथी अासनग्रहण गराइयाे ।
हामि भर्चुअल माध्यमवाट कार्यक्रम गर्दै थियाे तरपनि हाम्राे परम्परा पुरानै थियाे। काेही छुट्छ की भन्ने डर र कसैप्रती साच्चैकाे अपमान नै हुन्छ की तर पनि जिवन अाचार्य सरले व्यवस्थित र मर्यादित रूपमा कार्यक्रममा अगाडी वढाउनु भयाे । यस कार्यक्रमकाे विशेष अाकर्षण भनेकाे सामुदायिक विध्यालयकाे परिवर्तन नै थियाे ।
अत साे कार्यक्रमकाे माेडेरेटर पुर्व विध्यार्थी हाल जेनेभा वस्नु भयका श्री लक्ष्मण देवकाेटावाट कार्यक्रम शुरु भयाे । कार्यक्रमकाे शुरुवात नेपाल सरकारका पुर्व मुख्यसचिव श्री लिलामणी पाैड्यालकाे वहसवाट अगाडी वढ्याे । वहाकाे शव्दहरू सामुदायिक विध्यालय भनेका राज्य संचालनमा समानता ल्याउने एक पैरवी हाे र याे कार्यक्रम नेपालकाे सन्दर्भमा अर्थहिन र महत्वहिन भएकाे । कानुनले समानताकाे अाधारमा अनिवार्य निशुल्क शिक्षा हुनुपर्ने । यसै गरी विभिन्न समुह र संस्थाकाे नामवाट विध्यालय नखाेल्न वकालत गर्नुभयकाे र याे एक प्रकारकाे वेथिती हाे र यसले देश विकाशका लागि अाधारशिला तयार गर्न नसक्ने र शिक्षामा एकात्मक प्रणाली हुनुपर्ने र सम्पुर्ण जवाफदेहिता सरकारमा निहित हुनुपर्ने वहाकाे जिकिर थियाे। यसैगरि दाेस्राे वक्ता नेपाल सरकारका सहसचिव अादरणिय श्री हरी लम्सालले सामुदायिक विध्यालयकाे परिवर्तन अवकाे अावश्यकता र त्यसपछी मात्रै समाज र राष्टकाे विकास संभव देखिने वताउनु भयाे । सामुदायिक विध्यालयकाे वर्तमान चुनाैती र अवसरका सन्दर्भमा वहाकाे विचार सम्पुर्ण सामुदायिक विध्यालयकाे लागि एउटा मार्ग निर्देश नै थियाे । यसैगरी तेस्राे वक्ता लामाे समय सम्म शैक्षिक विकाश र शिक्षककाे हक हितकाे लागि समर्पित शिक्षक नेता नेपाल शिक्षक संगठन, केन्द्रिय अध्यक्ष श्री लक्ष्मण शर्माले सामुदायिक विध्यालय र राष्टकाे जिम्मेवारीमा रहेर छलफल गर्नुभयाे । सगसंगै अंग्रेजि भाषाकाे माेहका कारण सरकारी विध्यालयले समेत नेपाली भाषाकाे अवमुल्यन गरेकाे जिकिर प्रस्तुत गर्नुभयाे ।
सामुदायिक विध्यालयकाे उन्नती नै देश विकाशकाे अाधारशिला हाे अत यस कार्यक्रममा प्रस्तुत भएका शुभकामनाका शव्द विध्यालयकाे वर्तमान अवस्थकाे गुणगान गाउन र भविष्यमा के गर्न सकिन्छ भन्ने विषय थियाे। सगसंगै विध्यालयले प्राप्त गरेकाे भाैतीक परिवर्तन देखाउन लायक नै थियाे । भाैतिक अाफैमा कसी हाेइन यसका लागि त वास्तविक गुणस्तर चाहिन्छ र याे वर्ष विध्यालय व्यवस्थापन समिती र स्वयं अध्यक्ष पनि शैक्षिक गुणस्तरका लागि खट्नुभयकाे छ। अाशा छ याे डायनामिक र लगनशिलता जारी रहाेस् । प्रगतिमा मापन गर्न सकियोस ।
शुभकामना ६५ औ वार्षिकोत्सवको सबैलाई ।
युक्ति युक्तं प्रगृह्णीयात् बालादपि विचक्षणः।
रवेरविषयं वस्तु किं न दीपः प्रकाशयेत्॥
Doesn’t the small night lamp light up things which the sun can not?

No comments:
Post a Comment