दमकडा मा बि ६८ औ वर्षमा

 गाँउका जनतालाइ पनि शिक्षाको उज्यालो घामले स्पर्श गराउने हेतुले स्थानिय जनताको पहल कदमीमा आज भन्दा करीव ६८ वर्ष पहिले पाल्पा जिल्लाको मदनपोखरा गाँउ पन्चायतमा शिक्षा जन्मघर जन्मिएको थियो । स्थापना कालको संघर्ष र विविध उतार चढावसँगै स्थानिय जनसमुदायको भाविरेखा मात्रै नकोरेर पाल्पा जिल्लाकै शैक्षिक विकासको वहसको केन्द्र वन्न कोशिस गरिरहेको यो विद्यालय गौरवका रुपमा ठडिएको छ । समयले पहाडलाइ कोतर्दै गएको र तराइलाइ जनसंख्याको ओइरो लगाइरहेको वर्तमान समयमा पनि सतिसाल सरह ठडिन कोशिस गरिरहेको यो विद्यालयका गाँउका तत्कालिन जन्म, रेखदेख र स्याहारकर्ताको भावनालाई उच्च कदर गर्दै अगाडी वढ्न पाएको छ । 

विभिन्न आरोह र अवरोहलाई विकासको आधार मान्ने स्थानियका अनुुसार विद्यालयको सुरुवाती समय निकै कष्टकरपुर्ण रहेको र भौगोलिक विभाजनले आफ्नो अस्तित्व रक्षा मै थियो । सगसगै उपल्लो कक्षा शुरु गर्न असहयोग गर्ने र तत्कालिन समयको भेगिय भेदभाववाट र सरकारको शुरुवाति असहयोगवाट अगाडी वढेको पाइन्छ । स्थानियले आफ्ना गरगहना विद्यालय स्थापना र माथिल्लो कक्षा थपका लागि गरेका वलिदान नै विद्यालय संचालनको अहिले कसि हो । भनिन्छ नि आफ्नो जग्गा अनि त्यो पनि वेचेर विद्यालयलाइ सहयोग गर्नु सहयोग मात्र नभइ दमकडेलीहरुको महानता पनि थियो । 

वर्ष २०८१ साल असोज १ गते विद्यालयको वार्षिकोत्सव मनाउने समय त्यसमा ६७ वर्ष पुरा गरेर ६८ वर्ष प्रवेश संगसगै विद्यार्थीको खेलकुद पर्व अनि अभिभावकको पनि विद्यालय पुग्ने समय अझ वढी त विद्यालयसँग सरोकार राख्नेहरुको मेला नै हो वर्षगाठ त । विविध साहित्यिक, सास्कृतिक, खेलकुद अभिभावक, विद्यार्थी र शिक्षकका कार्यक्रमले सवैलाई आकर्षण गरेको थियो ।

विद्यालयको वार्षिकोत्सव तथा अभिभावका दिवस कार्यक्रमको समय तालिका अनुसार भाद्र २७ गतेदेखि खेलकुद सप्ताह अनि ३० र ३१ गते विशेष साहित्यिक र सास्कृतिक अनि १ गते सरस्वती पुजन, प्रभातफेरि र अभिभावक तथा विद्यार्थी भेला र सभाको कार्यक्रम रहे अनुसार कार्यको प्रारम्भ गरियो । भाद्र २७ गतेका सम्पूर्ण खेलकुदको प्रारम्भिक चरणका खेलहरु अतिरिक्त क्रियाकलाप संयोजक धनपति गैरे सरको संयोजनमा शुरु गरियो । विद्यार्थीको उत्साह र रुचि अनुसार विविध खेलमा सहभागि देख्दा वास्तवमा खेलवाट केहि विद्यार्थीको भविष्य सुनिश्चित गर्न पाउने दिन यो देशमा कहिले आउला भन्ने लाग्थ्यो । दौड फरक फरक दुरी मा एकल, जोडी र संयुक्तमा कसरी आफ्नो सदनका लागि खेलेका थिए । व्यक्तिको उत्साह भन्दा सदनको जोश वढी पाइन्थ्यो । माहोल भिन्न थियो । हाइजम्प, लँगजम्प, ट्र्पिल जम्प सटपुट थ्रो, ज्याभलिन थ्रो, टग अफ वार जस्ता खेलसगै कवड्डी खेलले खेलाडी र दर्शकलाई हौसाएको थियो। भलिवल छात्र, छात्राकोले रमाइलो गराएको थियो । सगसगै दृष्टिविहीन विद्यार्थीका विविध खेल वार्षिकोत्सवका आकर्षण वनेका थिए ।

विद्यार्थीको शारिरीक विकासमात्रै नभएर मानसिक र संवेगात्मक विकास गर्नुपर्छ भनेर अन्तरसदनात्मक वक्तृत्वकला कार्यक्रम ३१ गते दिउसो चलेको थियो । यो वर्षको वार्षिकोत्सव भिन्नखालको हुनुपर्छ र राष्ट््िरय शिक्षा निती र चर्चालाइ समेट्नु पर्छ भन्ने उद्देश्यले शैक्षिक वहस कार्यक्रम ३१ गते विहान संचालन गरियो । यो वहसमा सामुदायिक विद्यालयका परिवर्तृनका वहाक वनेका घनश्याम पाठक कालिका मा वि वुटवलका पूर्व प्र अ, देववाणी संस्कृत र साधारण माविका प्रधानाध्यापक कृष्ण थापा र शिक्षा पत्रकार समुह तथा कान्तिपुर पत्रिकाका उपसम्पादक माधव अर्याललाइ वहसमा जोड्नुभएको थियो दमकडा माध्यमिक विद्यालयका कक्षा ९ का विद्यार्थीहरु सविना पाण्डे र सिवानी वस्यालले । राष्ट्रिय शैक्षिक निती तथा ऐन र सामुदायिक विद्यालयका सरोकारसँग सम्वन्धित विषयलाई सशक्तरुपमा उठाइएको थियो । कालिकाका आफ्ना संघर्षका कथालाइ सिक्ने पाटोको रुपमा प्रस्तुत गरिएको थियो । सामुदायिक विद्यालय प्रति हेर्ने सरकार, स्थानिय र अन्यका विषय र वहसलाई छलफल गरिएको थियो । शैक्षिक वहसमा प्रधानाध्यापक कृष्ण वहादुर थापाका विचार निकै सशक्त र शिक्षा क्षेत्रमा लाग्नेहरुलाइ हौसला वनेको थियो । शिक्षा पत्रकार माधव अर्यालले समाज रुपान्तरणको परिचायक वनेको शिक्षा क्षेत्र लगानी र शैक्षिक कार्यक्रमका कारणले धाराशायी वन्दै गएको यो अवस्थामा दमकडा माध्यमिक विद्यालयले गरेका फरक प्रयास सह्रानिय थियो । सगसगै विद्यार्थीका वेलावेलामा सोधेका प्रश्नहरु हजुरवुवाको पालाको ऐन र वर्तमान विश्व अनि सामुदायिक विद्यालय अव के होला जस्ता उत्सुकताले दर्शकलाइ जुरुकजुरुक भएको भाव हुन्थ्यो ।

करीव साढे एक घण्टा सन्चालन भएको कार्यक्रम देश, विदेशका हजारौ शुभेच्छुकहरुले हेनुभएको थियो । यो कार्यक्रम दमकडा माविको फेसवुक पेज, ए वन , रेडियो मदनपोखरा (एफ एम) वाट प्रत्यक्ष प्रसारण भएको थियो । निकै प्रशंसा वटुलेको सो कार्यक्रमको संयोजन शिक्षक जिवन आचार्यले गर्नुभएको थियो । विहानी सत्रको शैक्षिक वहस कार्यक्रम पश्चात दिवाकालिन साहित्यिक र सास्कृतिक कार्यक्रम पनि विशेष स्मरणीय रहन गयो । वक्तृत्वकला कार्यक्रम ससाना वालवालिकाको र ठुल्ठुला विद्यार्थीको अन्तरसदनात्मक कार्यक्रममा विद्यार्थीको प्रस्तुती धमाकेदार थियो । वक्तृत्वकलाको कार्यक्रम दुर्गा पाण्डेको संयोजनमा संचालन भएको थियो । सांस्कृतिक कार्यक्रम भने विद्यार्थीहरुले नै सन्चालन गरेका थिए । विद्यार्थीको नृत्य हेर्दै गर्दा स्मरण गराउथ्यो विना शिक्षक पनि सिकाइ हुदोरहेछ । यो उत्कृष्टता विना कमजोरी मानौ कुनै नृत्यशालाका विद्यार्थीहरुको जस्तो आभास गराउथ्यो । यो कार्यक्रमको संयोजन गर्नुभएको थियो माधव खनाल सरले । 

अभिभावक दिवसको विशेष दिन असोज १ । विश्वकर्मा दिवस अनि सरस्वतीको आराधना गर्ने दिन । सगसगै प्रभातफेरिको कार्यक्रम । करिव ९ वजेको थियो । विद्यार्थी फाट्टफुट्ट आउदै थिए । प्रभातफेरि कार्यक्रम विभिन्न झाँकीसहित दमकडा वजार क्षेत्र परिक्रमा र विद्यालयका उपलव्धि प्रर्दशन गर्ने समय । दमकडा विद्यालय पढाइमा मात्रै अव्वल होइन यो विविध अतिरिक्त कार्यक्रममा फरक छ । विद्यार्थी खुशी थिए आफ्ना क्षमता प्रदर्शन गर्न पाउदा । पन्चे वाजाको टोलीले पन्चकन्यालाइ पछ्यारहेको थियो । वजार नै जुरुकजुरुक गरी विद्यार्थीलाइ हौसाएको थियो । एन सि सि को अर्धशैनिकको समुह, स्काउट, रेडक्रस बान्ड समुह, भजन समुह लगायतको तयारी प्रशंसनिय थियो । विद्यालयले हालसम्म प्राप्त गरेका मेडल, शिल्ड, ट्रफी , प्रशंसा र सम्मानपत्र प्रभातपेरिमा विद्यार्थीले घुमाएका थिए । सम्पुर्ण शिक्षक र विद्यार्थीको उत्साहजनक उपस्थिती र दिनेश बस्याल सरको संयोजन र अन्य शिक्षकहरुको सहयोगले प्रभातपेरि कार्यक्रम उत्कृष्ट वनेको थियो ।

वार्षिकोत्सव तथा अभिभावक दिवसको कार्यक्रमको प्रारम्भ दिउसो ११ वजे भनिए पनि १२.३० वजेवाट प्रमुख अतिथि माननीय ठाकुर गैरे र विशिष्ट अतिथि पुर्व मन्त्रि सोमप्रसाद पाण्डे उपस्थिती पश्चात कार्यक्रम प्रारम्भ गरिएको थियो । कार्यक्रमको फ्यासिलिलेटरस् कक्षा ८ र कक्षा १२ का विद्यार्थीहरु ओजस्वि आचार्य र विदुषि घिमिरेले सन्चालन गरेको थिए । विच विचमा फल्टलेस सास्कृतिक कार्यक्रम, एनसिसिको नाँच, स्काउटको स्वागत नाँचले आगन्तुकलाइ मोहित वनाएको प्रष्टै देखिन्थ्यो । विद्यालयको गितमा वनेको सांगितीक पिटीमा त अभिभावक र पाहुनाहरु सगै नाच्नुभएको थियो । विद्यार्थीको स्वागत गान, स्वागत मन्तव्य र शिक्षकको स्वागत मन्तव्यवाट प्रारम्भ भएको कार्यक्रमको सवै पाहुनाहरु र अतिथिहरुले प्रशंसा नगरीकन धरै थिएन । 

निजि विद्यालयको प्रतिनिधी मिनप्रसाद वन्जाडे, सामुदायिक विद्यालयका प्रतिनिधी खेमराज न्यौपाने र शिक्षक संगठनका केन्द्रिय सदस्य रामप्रसाद ढकाल, शिक्षक महासंघका कृष्ण वहादुर थापा लगायतका अतिथिहरुले दिवसको कार्यक्रमकको सफलताको मात्रै चर्चा नगरिकन विद्यालयको वर्तमान र भविष्यको समेत चित्रण गरेका थिए । अतिथिहरु हिमाल श्रेष्ठ,  रमा घर्ती, यादव वहादुर रायमाझी, सोमप्रसाद पाण्डे र ठाकुर गैरेका विचार र विद्यालयका हितमा वोलेका शव्दहरुले प्रशंसा र भोलीका लागि गन्तव्य वनाइरहेकोे आभास हुन्थ्यो । विद्यार्थीका नृत्य र अन्य प्रस्तुतिले कार्यक्रम चल्दै गएको र समय वित्दै गएको कुनै आभास दिएको थिएनन् ।

 विद्यार्थीको वसाइ व्यवस्थापन र शिक्षकको खटनपटन पनि प्रशंसनिय थियो । विद्यार्थी वसाइ र अनुशासनको जिम्मा इन्द्रराज श्रेष्ठ सरले उत्कृष्ट संयोजन गरेर व्यवस्थित गराउनुभएको थियो । विद्यालयको वार्षिक वजेट, वर्तमान र भविष्यको शैक्षिक तथा भौतिक कार्यक्रम विद्यालयको वार्षिक कार्यक्रम प्रतिवेदन प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो । विद्यालयका विव्यस अध्यक्ष राजेशकुमार अर्यालले विद्यालयका विगतलाई सम्झदै वर्तमानको गोरेटो कोरेको र भविष्य चुनौतिपूर्ण रहेको व्यहोरा सभामा राख्नुभएको थियो । 

समग्रमा ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम फरक ढंगले सम्पन्न भएको छ । विद्यार्थीको खेलकुद लगायत अन्य कार्यक्रममा उत्साहित भएका थिए । विद्यार्थी स्वयं रेडियो कार्यक्रम उत्पादन गर्ने र राष्ट्रियस्तरको वहस संचालन गर्नु विद्यालयका गौरवान्वित क्षेत्र हुन् । सभाको कार्यक्रममा अभिभावक , अतिथि , शुभेच्छुकका विचारले विद्यालयको गरिमा थप्ने मार्ग वनाएको छ । समयले निर्माण गरेका चुनौतीहरु र अव निर्माण गर्न सक्ने चुनौतीहरु अनुमान गरी ति समष्यालाइ सम्वोधन गर्नुपर्छ । वसाइसराइ अवको डरलाग्दो चुनौती हो भन्ने विद्यालय प्रवेश गरेका विद्यार्थीका अभिभावकको पृष्ठभुमी मोवाइलको गलत प्रयोग, शिक्षकहरुको अभाव कुनै एउटा विद्यालयको मात्रै चुनौती वनेको छैन । यो त सवैको विशेषत समाज, संस्कृति, र सामाजिक मुल्य मान्यताको वहिर्गमन हो । यस्ता चुनौतीलाइ सम्वोधन गर्ने एउटै माध्यम हो शिक्षा र यो समाज रुपान्तरणको बाहक पनि त्यसैले अवको एकमात्र आधार र आस भनेको विद्यालय हो । पाल्पाको शिक्षाको आधारशिला दमकडा मावि वन्नुपर्छ ।

होत्रीराज ढुंगाना

स प्र अ दमकडा माध्यमिक विद्यालय

तानसेन ०९, पाल्पा

गाेसाईकुण्ड यात्रा

 यात्रा आफैमा सुन्दर गराउने पल हाे अझै मन मिल्ने यात्री हुदा त त्याे कल्पनैमा पनि मजा आउदाे रहेछ। साथीहरू छुटे हाेलान् । कल्पना मनमै थियाे । समय वर्षा याम हुन सक्छ तर मन प्रफुल्ल थियोे । समय साउन मसान्त धेरैले कसाे कसाे माने पनि फिरन्तेलाई कुनै अर्थ राखेन ।

साउन ३२, २०८१ घरि पानी पर्छ। कतै वादलुले हाम्रो यात्रालाई स्वागत गर्दै थियाे । हामी पनि पानी वादल र घामकाे लुकामारीसगैं हामी भलाकुसारी गर्दै हावापानीलाई पर्वाह, वास्ता नगरि विहानी ५ वजे दमकडावाट प्रस्थान सुरुवात गर्याै। याे यात्रा वाग्मती प्रदेशको रसुवा जिल्लाकाे गाेसाईकुण्ड सम्मकाे मात्रै थियोे । याे पालिका लामटाङ राष्ट्रिय निकुञ्ज, नेपालकाे ४ हजार माथिकाे प्रसिद्ध तिर्थस्थलका नामले परिचित छ। अझ वढि जनैपूर्णिमाले त धेरै अनुकूल समय वनाएकाे थियो ।

हाम्रो यात्रामा सहभागी वनेका थियौं कविराज/प्रजु ढुंगाना , धनपति/काशिका गैरे, दिनेश/ लक्ष्मी वस्याल, माधव/गिता वस्याल । घामकाे झुल्काइसगै पाेखराथाेक, आर्यभन्जाङ् हुदै हामी विहानी हावासगै वात मार्दै करिब ८ वजेतिर पिपलडाँडा पुगेका थियौं । माेटरसाईकलकाे यात्रा हाम्राे चार टाेली अनि लामाे गन्तव्य । तरपनि हामीलाई कत्ति हतार थिएन । याे गन्तव्यका लागि मात्रै गरिएको यात्रा थिएन त्याे भन्दा वढी याे नयाँ दृश्यकाे रसाेस्वादन पनि  थियोे ।

हाम्रा लागि वाटाे अपरिचित साथी थियाे तर विस्तारै मित्रतामा गासिदै थियाे। जव हामी रामपुर पुग्यौं हामी विलखवन्दमा परेका कारण केहि विलम्ब भयाे तरपनि हामी पक्का थियौं हामी तनहुँ  हुदै जानेछाैं। यात्रा नयाँ थियोे तर यात्री उहि पुरानो । केहि समय उकालाेअनि ओरालो हाम्रा लागि सामान्य थियोे । करिव १घण्टाकाे यात्रा पछि तनहुँकाे भिमाद पुग्यौं ।




भिमाद सामान्य वजार समतल स्थान र अपरिचितलाइ स्वागत गरेर वसिरहेकाे थियोे । हामी यात्री नै त हाे जहा हाम्राे गन्तव्यका जानकार थिए। र हामीलाई जानकारी गराउदै थिए। हामीले घरवाट वाेकेका वाटाका काेसेली खाेतल्दै थियाैं र हाम्रा भाेकलाई सन्तृप्त पार्दै थियौ । हामी खैरेनीटारमा पृथ्वी राजमार्गमा जाेडिन पुग्यौं र खाजा खाई अगाडि वढ्याैं। दमाैली, व्यास, घासीकुवा, डुम्रे, आवुखैरेनी काे करिब ७० कि मी वाटाे हामीले २ घण्टामा तय गरियाे । करिव दिनकाे २ वजे मुग्लिङकाे संगम हाेटल हाम्राे भाेजन गृह वन्याे । हामी यहासम्म आईपुग्दा करिव १८० कि मी तय गरिसकेका थियौं भने अव भने काठमाडौं जाने मुख्य वाटाे । अझ भनाैं भने याे हाईवेकाे वाटाे  । व्यस्त सडक । लापरबाही सहितकाे जाेखिमपुर्ण कष्टकर यात्रा । त्यसमा थप वाटाेविहिन वाटाेमा दुई पाङ्ग्रे सवारीकाे यात्रा । जटिल भित्र जटिलता भेटियो । नेपाली भएर देशभित्र भ्रमण गर्दा खुशी हुन सक्ने ठाउ कतै भेटिएन । कसैलाई गाली नगरिरहन सकिएन । अचम्म छ हाम्राे पारा । स्वत वन्छ । वनाईदिन्छ । जडभित्र गासिएको हाम्रो जडसुत्रता । हामीलाई मुग्लिन देखि गल्छि सम्मकाे यात्रा विचित्र लाग्याे। अत्यन्तै कठिन लाग्यो तरपनि हाइवे । लाज लाग्याे भन्न, लेख्न पनि तर जे भाेगियाे त्यहि काेरियाे।





मात्रै ६० कि मी करिव ३ घण्टाकाे सङ्घर्षपुर्ण यात्रासकि गल्छि पुग्दा ठुलै सफलता हात पारेजस्ताे भयाे। गल्छिवाट काठमाडौंकाे अस्तव्यस्त वाटाेलाइ त्यागी हामी नुवाकोटकाे त्रिशुलीकाे काेरिडाेरकाे वाटाेवाट अगाडि लाग्यौं । हामीलाई छुट्टै मजाको अनुभव भयाे । नेपालमै छाैं र जस्तो महसुस गरायो । वाटाे नै जिवनकाे सहजता वनाउने अनि त्यहीँ वाटाे हाे जटिलता थप्ने । नुवाकोटकाे विदुर त्रिशुली हुदै धुन्चेसम्मकाे हाम्राे आजकाे अन्तिम गन्तव्य थियाे । कतै पानी पर्छ की भन्ने डर त कतै वाटाे विरिन्छ की भन्ने । नमान्दै नसाेच्दै धुन्चेकाे उकालो लाग्दै गर्दा पानीले हामीलाइ स्वागत गर्न  भ्यायाे । अध्यारोमा सागुराे वाटाे अनि गाडीको चाप हामीलाई कठिन वनायाे। तर पनि हामी कम्ती उत्साहित भएकाे थिएनौं । धुन्चे वजार प्रवेश रले अझ पनि सिन्डिकेट जारी छ भन्ने धुन दियाे। हामीले नियमानुसार गाडि नम्वर टिपाअौं तर पनि हामीलाई पार्किङका जवरजस्ती जस्तै गरिएको थियोे । ठाउँ ठाउँमा आफ्नाे मान्छे हुदा यात्रा छुट्टै मजा आउने । यस्तै भयाे हामीलाई पनि । धुन्चे मात्रै १ दिनमा गरिएको यात्रा थियोे । सम्झन लायकको यात्रा थियौं । यसैले अविस्मरणीय वनाईदियाे। 



धुन्चेकाे वसाई र स्वागत हाम्रा लागि भिन्न थियाे। मनभित्रकाे माया जाडिएकाे थियाे । आफ्नैकाे आतिथ्यताले यहासम्मकाे जटिल यात्रालाई विस्मरण गराईदियाे। हामी हल्का भयाैं। कपासकाे भुवाजस्तै मन पनि प्रफुल्लित भएर पुलंकित भएकाे थियाे समयले नेटाे काटिसकेकाे थियाे मनले भाेलिकाे यात्राकाे तय गरेकै थियाे। हिमाली क्षेत्रकाे आेखर , ट्राउट हाम्रा लागि नया थिए तर जिव्राेमै झुडिने खालका थिए। 

धुन्चेकाे छाेटाे वसाइले जाेडेकाे सम्वन्ध र हाम्राे तिर्थयात्रा अचम्मका मात्रै थिएनन् अझ वढी त आत्मियता र स्नेह  थियाे । लामाे माेटरसाइकलकाे यात्रा अझ साथमा खराव हाइवेकाे यात्रा हाम्रा लागि कष्टकर थिए त्यसैले  विहानी उठाइ पनि करिव ७ वजे भएकाे थियाे र हाम्राे गाेसाइकुण्ड तर्फकाे यात्रा मात्रै ८ वजेवाट शुरु गरियाे । हाम्राे यात्रामा छिमेकी सहपाठी मित्र नुरराज पराजुली परिवार सहित थपिनुभयाे र हामी उकालाे यात्रा प्रारम्भ गर्याै । त्रिसुली नदी माथिकाे झाेलुगे पुल वाट अगाडी वढ्दै गर्दा त्रिशुलीकाे झरना हाम्रा लागि कम्ति रमाइलाे हुन पुगेन । ज‌ंगलकाे प्रारम्भ सगसगै घनघश्याकाे उकालाे जस्ता उकाला हाम्रा लागि कम्ति सकसपूर्ण वनेका थिएनन् । तरपनि हाम्रा उत्साह र जाेशले हामीलाइ हाैसाएकाे थियाे र हामी निरन्तर अगाडी वढ्दै गयाै । वाटाेलाइ सजिलाे वनाउन विभिन्न स्थानमा थुर्पु वनाइका थिए । हाम्रा भाेक र थकाइ मेट्न वनाइका थुर्पुहरु विचित्रका थिए । रसुवाकाे चिसाे पानीऽ स्याउ अनि आलु हाम्रा वाटाकाे भाेजन वनेका थिए । करीव ४ घण्टाकाे अनवरत हिडाइ पछी हामी देउराली पुगेका थियाैं । कुनै नाम चलेकाे ठाउमा पुग्नु भनेकाे पनि एकप्रकारकाे युद्ध जित्नु जस्तै थियाे हाम्रा लागि । 

वाटाे भरि तिर्थयात्रीहरु अनि कमजाेर वन्दै गएका हामी । यात्रा सजिलाे वन्न छाेडिसकेकाे थियाे । अझ त्यसमा पनि सगै गएकाे काेहि साथी विरामि भएपछी मन विग्रदै जादाेरहेछ । साहस, आट र निरन्तर प्रेरणा र अरु यात्री हाम्रा यात्राका प्रेरणाहरु थिए । यात्रामा आफु भन्दा पाका यात्री भेटिदा कमजाेरै हुदा पनि आत्मवल वढ्दाे रहेछ । प्राकृतिक दृष्य रमाइलाे गफका साथ अनि आज कहाँ पुगिएला जस्ता विचारले हामीलाइ चढाइकाे कम अनुभूति गराउदै थियाे । 

काेहि यात्रु दुइ पाइला हिड्दै खुइय गर्दै थिए भने कसैले लसुन सुघ्न सिकाउदै पनि थिए । दुइ पाइला अगाडी पुगेकाले विस्तारै आउनु है भन्दै ढाडस दिदै थिए । पछि परेकाहरु वाँस कहा गर्ने हाेला भन्ने गन्थनमै भुलेका देखिन्थ्ये । हामीलाइ त्याे नाके उकालाे पनि उत्ताउलाे पारामा जिस्काइरहेकाे भान हुन्थ्याे । हाम्राे तिरकाे डाडाँडुम नेवार गाँउ वा काेकल सम्मकाे यात्रालाइ चुनाैति दिदै उभिएकाे देउराली पछिकाे उकालाे हाम्राे लागि स्कुले जिवनमा पढेकाे घनघश्यालाइ वारम्वार स्मरण गराउदै थियाे । करिव ७० ७५ डिग्रीकाे उकालाे हाम्रा लागि चुनाैति मात्रै पनि थिएन हाम्राे अभियानकाे पाना वनेर रहेकाे छ । प्रत्येक रुखस‌ंगकाे मितेरी ढुंगासँग फुटवल र हावासँग लुकामारी साह्रै सहज पनि थिएन ।









यात्रा यसै वन्दैन वनाउनु पर्छ । उकाली सग संगत त वढ्दै थियाे तर मितेरी लगाउन सकिएकाे थिएन। घरि घरि समतल ठाँउ हाम्रा लागि स्वर्गकै अनुभूति वनाउदै थिए । वाटाेका थर्पु पसलेसँग गरेका भलाकुसारीले हाम्रा सवै थकाइ छिनभरीका लागि विर्साइदिन्थ्याे । कहि आलुलाइ पक्वान वनाउदै त कहि राेटीलाइ अगाडी वढ्दै गयाे । सगै गएका साथीले घरि साथ छाेडिदिदा रिक्तता महसुस हुन्थ्याे भने कतै अरु कसैले साथ दिदा उन्मात वढेर जान्थ्याे । जव उकालाे सकिएर समतल जस्ताे देखिने चन्दनवारीमा पुग्याै आत्मवल वढेर आयाे । लक्ष्मिप्रसाद देवकाेटाकाे खण्डकाव्य मुनामदनमा मदन भाेट जादा वाटाेमा जव पखाला लागेर साथीहरुले छाेडेर एक्लिएका मदनकाे कथावाट वनेकाे ट्राजेडी जस्तै वनेकाे त्याे यात्रा पुन सम्झन मन लागेन । यहाँ त सवै आफ्ना थिए । साथकाे अभाव थिएन । लामाे लस्करले कुनै समयकाे अाेस्कारमा नाेमिनेट भएकाे पश्चिम नेपालकाे घाेडा खच्चरकाे क्याराभानले प्रतिविम्वित गर्दथ्याे । 

जंगल अव पातलिदै मात्रै थिएन रुखका डिजाइन पनि फेरिएका थिए । मानाै कैचिले काटेर श्रृंगार भरे जस्ताे देखिने ति काेणधारी रुखहरु हाम्रा प्रत्यागमन पछी फुल्न रेडि भएका काेपिलाहरु कम्ति लाेभ्याउने खालका थिएनन् । यसैले हाम्राे करिव १२ १३ घण्टाकाे यात्रा पनि पलभरमा सकिए जस्तै भएकाे थियाे । साँझकाे करिव ८ वजेकाे थियाे हाेला हामी जतिवेला चाेलाङ्पाटीमा वाँस खाेज्न हिड्दा । साना साना घरका हाेटलहरुले हामीलाइ बाइ बाइ गरिसकेका थिए भने थर्पुहरु हाम्राे स्वागतका लागि तयारी नै थिए । थुर्पु नम्वर ३८ हाे जस्ताे लाग्छ त्याे दिनकाे लागि हाम्राे घर वनेकाे र दिउसभरकाे थकानकाे साक्षी वनेकाे । करीव ५० जना प्लाष्टिककाे वन्द घरभित्र उज्यालेा खासै छैन अनि रातभरिकाे स्नाेरी सुताइ कम तर स्मरण वढाउने रात वन्याे । 

राति करिव १ वजेवाट यात्रीहरुले कल्याङ्कुलुङ्ले हामीलाइ पनि झस्काइदिन्थ्याे । हामीले पहिले नै तय गरेका थियाै हामी पनि सवेरै जानेछाैं । त्यसैले विहानकाे पाँच वजेवाट हामी पनि गाेसाइकुण्ड यात्राकाेे लागि अगाडि वढ्याै । चाेलाङ्पाटीकाे उकालाे तर साथमा ज‌ंगलकाे विच मानिसकाे भिड अनि त्यहि भिडमा हराउन पुगेका हामी पाल्पा दमकडाका तिर्थयात्री । हामी उकालिदै थियाै साथीहरुकाे कठिनता पनि थपिदै गएकाे थियाे । हामी सगैका साथीहरुलाइ उचाइ र थकाइले थप उकालाे चढ्न चुनाैती दिदै थियाे भने उकालाे कम हुन अवस्थै थिएन । त्यसैले सगैका साथीहरु काशिका गैरे धनपति गैरे लक्ष्मी पाठक दिनेश वस्याल र माधव वस्याल घाेड सवारवाट उकालाे काट्ने तयारीमा थिए भने हामी कविराज ढुंगाना प्रजु ढुंगाना र गिता वस्याल त उकालाेसँग पाैठे जाेरी खेल्दै अगाडि वढ्न थाल्याैं । हामीमा साहस र हिम्मतमा कुनै कमि थिएन् । जव उकालाेसँग मितेरी लाउदै विहानकाे सुर्याेदयकाे किरणसंग गफ्फिदै हामी हाम्रै धुनमा मस्त थियाै । जव लाैरीविनायकमा हामी पुग्याै हामीलाइ स्थानिय तामाङ् दिदीहरुले आफ्नै हातवाट खुवाइदिएकाे आलु  हाम्रा लागि विशिष्ट खालकाे आतित्थता थियाे । अवकाे हाम्राे यात्राकाे सवै भन्दा जटिल उकालाे र एकैपटक चिसाेकाे मात्र पनि वढेकाे महसुस भयाे । लाैरीविनायकदेखि वुद्ध मन्दिरसम्मकाे वाटाे हाम्राे यात्रा भरीकाे सवैभन्दा जटिल र समष्यापुर्ण थियाे । हाम्रा साथीहरु अगाडि नै गइसकेका थिए । हामीलाइ डर थियाे कतै साथीले छाेड्छन या हामीले उनिहरुलाइ धेरै समय पर्खाउनु पर्छ की भनेर । तर यात्रा र साथ त्यस्ताे पनि हुदाेरहेनेछ । अगाडि वढे पछी पछाडी हेर्नु र सगै जानुले खासै अर्थ राख्दाेरहेनछ जस्ताे महसुस भयाे जव हामी वुद्ध मन्दिर पुगेर केहि समय साथी खाेज खाज गर्दा फरक र नाैलाे अनुभूति गरायाे । याे अनुभव हाम्रा लागि मुनामदनमा मदनलाइ जसरी साथीहरुले साथ जसरी छाेडेका थिए ठिक त्यही महसुस गरियाे तर अव्यक्त । 

हामी एक्लै पर्नुमा कुनै गुनासाे थिएन किनकी त्यहा हाम्रा अगाडि पनि पछाडि पनि तिर्थयात्रीहरुकाे घुइचाे थियाे । वाटाे अव सजिलाे वन्दै थियाे मनमा सयाै कुराले वाटाे खाेजिरहेका थिए । ति सवैलाइ वन्द गरेर निरन्तर अगाडि वढ्दै थियाैं । सागुराे वाटाे तल पट्टि त्रिसुली सुसाइरहेकाे मनकाे तरेलीमा कतै विरहका रङ्हरु आउथ्याे त कतै अव हाम्राे गन्तव्यकाे नजिकले पुलंकित वनाउथ्याे । त्यसेले त हामी कम्ति उत्साहित भएका थिएनाैं । हामीलाइ चिसाे कुने डर थिएन न त साथ र साथीकाे । मात्रै एउटा डर थियाे  करिव २० वर्ष अगाडि यहि स्थानमा यसरी यात्रा गर्दा लेक लागेर धेरै कमजाेर वनाएकाे थियाे । अचम्मै वनाउदाे रहेछ उचाइले पनि न यसले युवा भन्दाे रहेछ  न त प्राैढ हाे सक्दैनाै भन्छ जव इच्छाशक्ति हुन्छ नि केहिले राेक्दाेरहेनछ । म शायद त्यतिवेला २६ २७ काे थिए हाेला दिदि ३५ ३६ काे अनि आमा ६३ ६४ काे । आमालाइ उकालाेले कुनै फरक पारेन । विहान ४ वजेदेखि धुन्चेवाट शुरु गरेकाे हाम्रा यात्रा निरन्तर अगाडि वढेर वेलुकी ४ वजे गाेसाइकुण्डमा डुवुल्की मार्न पुगेकाे थियाे । तर अहिले धेरै कुरा फेरिएकाे छ । 

करिव १ वजे तिर निरन्तर सघर्षपुर्ण यात्रा पश्चात मात्रै हामी गाेसाइकुण्ड पुगेका थियाै । यतिवेला विस्तारै तुवालाे ले कुण्डलाइ छाेप्न खाेज्दै थियाे । चिसाेले मुटुलाइ कमाउन शुरु गर्दैथियाे । छुट्टिएका साथिहरु भेटिदा पनि कुनै हर्ष थियन न त विस्मात । मानिस खालि स्वार्थकाे खाेल अाेड्ने त हाे । कता कता अनायसै विस्मय वनाउदै सरलता तर्फ लगियाे  ता कि यात्रा यात्रा नै वनाेस् । खल्लाे किन वनाउने । छुट्टिएका साथ पाएका र साथ दिएकाहरु सवै वसेर पुन प्रातस्मरणिय वनाउन फाेटाे खिचियाे । याे फाेटाे यात्राकाे मात्रै थिएन याे त त्यसक्षेत्रमा निकालिएकाे झाकीकाे समेत थियाे । गाेसाइकुण्डमा शरिरलाइ सफा गरेर त्रिशुल धाराकाे पानीले हाम्रा सभ्यता र संस्कृतिलाइ पछाइ शिव मन्दिरमा दर्शन गरेर हामी अगाडी वढ्याै । 

हामीले गन्तव्य वनाउदै थियाै पुरानै चाेलाङ्पाटी त्यसैले हामी अगाडी वढी हाेटलकाे तुवालाेमा लाग्याैं। सुरक्षित हाेटेल यतिवेला पाउनु असंभव नै रहेछ त्यसैले हामी थुर्पुमा नै सुत्ने याेजना वनाएर थकाइ मेटाउन लाग्याै । आजकाे हाम्राै थुर्पु साेचे झै वनेन र त्यहाकाे खाना त हाम्रा लागि कहिल्यै नविर्सने हुन गयाे । तर पनि रात कटाउनुथियाे । दिन त जसाे तसाे कटे पनि रात कटाउन गार्हाे भयाे भन्ने गित सम्झदै रात कटायाै । 

विहानी उज्यालाे खाेज्न हामी उठ्दै गर्दा हामी छक्क परिसकेका थियाै किनकी हामी भन्दा अगाडी धेरै यात्रीले आफ्नाे गन्तव्य तय गरिसक्नुभएकाे रहेछ। हामी पनि विहानी घामकाे झुल्काे खाेज्न अगाडी वढ्न शुरु गर्याै । उकाली र अाेरालीमा कति अन्तर हुने यात्रामा । केहि घण्टाकाे यात्रामा मिनेटमा परिणत हुदै थियाे । विहानकाे ११ वजे हामी मिनी गाेसाइकुण्ड भनेर चिनिने धुन्चे नजिकैकाे त्रिशुली नदिकाे फाेहाेरामा रमायाैं । भाेकले हामीलाइ पगाल्दै थियाे भने अव हामी हाम्रा यात्रालाइ छाेट्टाउनु पर्ने वाध्यतामा पनि थियाैं । अत धुन्चेमा अाइ खाना खाइ हाम्रा झिंटीझांटा माैटरसाइकलमा राखेर जसरी युद्बका लागि सेेना तयार हुन्छन् हामी पनि साेहि तयारीमा लाग्याैं । करिव ३ वजे हामी धुन्चे छाेडेर हाम्रा माेटरसाइकल गाेली जसरी नै अगाडी वढ्याे । निरन्तरकाे यात्रा वसाइकाे विना पुर्व तयारी कारण हामी कहा जादैछाै भन्ने वनेन केहि तर अन्तमा त्याे रात हामी वन्दिपुरमा विताउ भन्ने अभिलाषाका साथ हामी तनहुकाे वन्दिपुर हानियाैं । रातकाे करिव १० वजे हामी वन्दिपुरकाे लजमा पुगि दिउसाे यात्राकाे कथा र परिणामलाइ नियाल्न पुग्याै । जव गल्छीवाट अाेरालाे लाग्दै थियाे अचानक हामीलाइ असजिलाे वनायाे वाटाेले । हामीले ट्रकलाइ अाेभरटेक गरेका थियाै तर वाइक भने हिलाे वाटाेमा अनियन्त्रित भइ अहिले सम्मकाे यात्राकाे रमणियताइ केहि समयका लागि विरुप वनाएकाे थियाे । हामी तिर्थयात्रामा थियाैं त्यसैले हामी सकुशल नै आइपुगियाे जस्ताे लाग्याे।

यात्राकाे पाचाैं दिन हामी फर्कने क्रममा थियाैं। पानी रातभरि परेर वस्ने कुनै मन गरेकाे थिएन । हाम्रा वन्दिपुर वसाइ हनिमुनकाे यात्रा जस्ताे वन्याे भने अवलाेकनका लागि त्यहा भएकाे वाेर जातका वाख्राहरु रहे । हामी पानीलाइ सहयात्री वनाइ पाेखराकाे वाटाेस‌ंग साउति मार्दै अगाडि वढ्याैं । जहानिर हामी थियाै त्यहानिर हाम्रा यात्रा वनेकाे थियाे र हामी सगसगै पानी थियाे । पाेखरामा खाजानास्ताले हाम्रा गुडुल्किन लागेका हाम्रा भाेकहरुलाइ शान्त पारेर फेरि हामी गाेली जसरी नै हुइकिन थाल्याैं । वाटाेमा कतै पानीले हामीलाइ स्वागत गर्दै थियाे त कतै त्यै पानी हाम्रा लागि कठिन वनेकाे थियाे । हामी करीव ८ वजे स्याङ्जाकाे मालुङ्गा आएर खाना खाएपश्चात राती करिव ११ वजे आ आफ्नाे कटेराेतर्फ सुरक्षित पुग्न सफल भयाैं ।

लामाे यात्रा एकातिर कष्टदायक हुन्छ भने अर्काेतर्फ झन्झटिलाे पनि । साथ र संगतले यात्रालाइ विचरण गर्दछ र मनाेरम वनाउन सघाउछ । यात्रा हुदै गर्दा मन रम्न सकिने भने जस्ताे सुकै ठाउ त्याे चन्द्रमा कै यात्रा किन नहाेस् खल्लाे हुन्छ । याे ५ दिनसम्मकाे दमकडादेखि गाेसाइकुण्ड सम्मकाे यात्रा पनि एउटा अविस्मरणीय वन्न पुगेकाे छ । यद्दपी कही कतै गासमा ढुंगा मिसिएकै छ । धेरै कुरा सिकाइ वनेकाे छ संगतले । सवै सिकाइ रूपानतरित नहुन सक्छ तर अजर अमर वन्छ त्याे सिकाइ । समयले कहिल्यै पर्खिएन भने लेख्नका लागि समय पनि जुरेकाे थिएन त्यसैले करिव महिना दिन पछी आफ्ना अनुभवलाइ आफ्नै इतिहास वनाउन याे पाैरख गरिएकाे हाे ।

दिनाङ्क २०८१ असाेज ८ गते ११।५८

























यात्रा मुक्तिनाथसम्म

 समयले ८१ सालकाे साउन ८ गते  थियाे । खासमा तेस्ताे कुनै कार्यक्रमकाे सेड्युल वनेकाे  थिएन् ।  विद्यालय विदा भएकाे समय तर माैसम भने जुनसुकै वेला पनि पानी पर्न सक्ने । तरपनि जहा कार्यक्रम वन्छ त्यहा न त माैसमले राेक्दाेरहेछ  न त अन्य अवस्थाले । यसैले त भनिन्छ जहा इच्छा त्यहा उपाय । साेहि अनुसार हाम्राे यात्रा विना याेजना शुरू हुदै  थियाे । यात्रामा फरक अनुभव र मुस्ता मुक्तिनाथसम्मकाे सम्झनलायक छ।

अनायसै वनेकाे यात्रा  विहानकाे खाना पश्चात हल्का पानीकाे स्वागत सगै १०३० वजे दमकडावाट कविराज ढु‌गाना प्रजु ढु‌गाना धनपति गैरे काशिका गैरे दिनेश वस्याल र लक्ष्मि वस्याल काे समुह माेटरसाइकलकाे यात्रामा पाेखरासम्म जाने भनि अगाडी वढ्याे । समय यात्रा अनुकूल कत्ति पनि  थिएन तरपनि यात्रीहरु आफ्नै सुरमा रमाइलाे गर्दै अगाडी वढ्दै गयाे । हाम्राे सुरूवाती सम्झाैता वमाेजिम आर्यभन्जाङ्सम्मकाे यात्रासम्म पानी पर्याे भने फिर्ता हुने अन्यथा अगाडी वढ्ने याेजना मुताविक यात्रा अगाडी वढ्याे । माँडिफाँटलाइ पिठ्युमा राखेर  विहानी सत्रकाे घामस‌गै साइनाे लगाएर आर्यभन्जाङ्लाइ साछी राखि यात्रालाइ मनाेरम वनाउने अठाेट गरियाे । 

ON THE WAY TO AARYABHANJANG BY THE SIDE OF MADI PHANT

माेटरसाइकलकाे यात्रा वर्षाकाे समय अनि हाम्राे गन्तव्य । अचम्मकाे तालमेल थियाे । हामी आत्मरती मै भए पनि रमाएका थियाै‌ । एकातिर अग्ला अग्ला पहाड हरियाली ज‌गल कताकतै पानीले विगारेकाे वाटाे । हामी यसैमा त आनन्दित थियाैँ । खाेलाकाे कलकल आवाज हावाकाे सुसेली अनि माेटरसाइकलकाे एकाेहाेराै कर्कस आवाज हाम्राे गन्तव्यका साछी थिए अनि हाम्रा लागि अनन्य मित्र । प्रकृति धेरैका लागि असल सारथि हाे । हामी कसरी विर्सन सक्छाै । 

हामी करीव आधा घण्टाकाे यात्रा पश्चात राम्दीकाे शेरा वजारमा राेकियाै । वजार सानाे थिए तर आतित्थता मिठाे थियाे। हामीले त्यहा भुइकटहर र नासपाती वनाएर खायाै‌ । याे व्यवस्थापन गर्दै हुनुहुन्थ्याे हाम्रै विद्यालयकाे अभिभावकले । करिव आधा घण्टाकाे वसाइ पछी हामी अगाडी वढ्याै । वाटाेमा वस्न लायक ठाउ देख्याे की हाम्राे टाेली राेकीहाल्थाे र प्रकृतिस‌ग भलाकुसरी गर्दै यसैकाे प्रस‌शा गर्थाै हाम्राे यात्रालाइ आधा सजिलाे वनाएकाे थियाे याे समयले । जहाँसुकै हरियाली अनि हामीलाइ चुनाैति दिदै उभिएका चुचराहरू हाम्रा अनाैठा सारथी थिए। 

ON THE LAP OF BHALUPAHAD

VIRAL BRIDGE

हामी यात्री नै थियाे त्यसैले जे अनाैठाे फरक पाउथ्याै‍‌ त्याे हाम्रालागि विश्रामस्थल वन्थ्याे । यसैक्रममा हामी भाइरल पुल भनेर चिनिने स्याङ्जाकाे झाेलुङ्गे पुल हाम्राे विश्रामस्थल वन्याे । झाेलुङ्गे पुललाइ फाेटाेमा कैद गर्दै हामी वारपार गर्याै । दिनेश सर र लक्ष्मी म्याडमले घरमा वनाएकाे चना हाम्रा लागि नास्ता भयाे भने ज‌गलकाे आँप हाम्रा लागि स्वादिष्ट भाेजन वन्याे । त्याे क्षण हाम्राे लागि कुनै वनभाेजभन्दा कम थिएन ।

दिउसाेकाे करीव ४ वजेकाे थियाे । हामी विश्वकै अग्लाे र ठुलाे बुद्दकाे मुर्ती रहेकाे पुम्दि डाडा हाम्रालागि फरक गन्तव्य मानेकाे थियाै‌ । मेराे लागि याे पटक पटक कै यात्रा थियाे भने साथिहरुकाे पहिलाे आगमन थियाे  । वहाँहरुकाे यात्राले भनिरहेकाे थियाे  सुन्दर पाेखरा काे माथमा रहेकाे याे शिवमुर्ति प्रेरणाकाे स्राेत वनेकाे थियाे । सगसँगै याे स्थान जहावाट पाेखरालाइ नियाल्दा जुन हाम्रा नयनका लागि चयन मिलेकाे थियाे त्याे वर्णनयाेग्य नै थियाे । छाती चिरीएर गएकाे सेती नदि काखमा रहेका अन्तराष्ट्रिय विमानस्थलले गुनासाे गरिरहे जस्ताे लाग्छ किनभने प्रयाेगविहिन वनेकाे याे विमानसेथल नेपालीलाइ थप रिण वढ्याउने वाहेक अरुकेही भएन । 

IN THE FRONT OF SHIV STATUE





शान्त मनाेरम वातावरणमा वनेकाे शिव मुर्तीवाट हामीले हिमाललाइ नियाल्न खाेज्याै‌। खाेज्दै जादा हामीले देखेकाे अन्नपुर्‌ण माछापुच्छ्रे धवलागिरी अहा कति सुन्दर थिए । हामीले प्रकृतिलाइ खाेतल्दै थियाै‌ तर समयले हामीलाइ ठेगान लगाउदै थियाै । त्यसैले हामीले याे स्थानलाइ अव छाेड्नुपर्ने भयाे अत हामी सिधै पाेखरा तर्फ हानियाै‌ । हामीलाइ याे साउन महिनाकाे फेवाकाे आरति पनि हेर्नु थियाे त्यसैले हामी वासकाे व्यवस्था गरि त्यतातर्फ लाग्याै‌ । हामी करिव ७ ३० वजे फेवातालकाे आरतिमा थियाै‌ । विडम्वना आरतिमा नाच्ने रहर रहर नै रह्याे ।

हाम्रा यात्राकाे दाेस्राे दिन पाेखराकाे फेवातालमा रहेकाे वाराही मन्दिर दर्शन गर्याै । हामी यात्रामा थियाै‌ नै सगसगै नया अनुभव सगाल्न पनि थियाै‌ । पाेखराकाे सराङ्काेटमा हुने उडान स्पाेर्ट हाम्रालागि अर्काे आकर्षण थियाे । त्यसैले हामी प्याराग्यालाइडिङ् वाट पाेखरा हेर्न हामी सारै लालायित थियाै‌ । करीव दश वजे हामी सराङ्काेट डाडातर्फ लाग्याै‌ । याे यात्रासगै हामीलाइ समय समयमा हाम्राे अनुमानित उडान रमाइलाे र सुरक्षित गराउने पाइलटकाे थ्रिलिङ् र क्युरियाेसिटिले उडान थप राेमान्चित वनाउन सकिन्छ  भन्ने भनाइ हाम्राे लागि थप प्रेरणा वनेकाे थियाे।

हाम्राे लामाे पर्खाइपछिकाे प्याराग्यालाइडिङ् कस्ताे हाेला भने उत्सुकता र खतराका स‌भावनाले हामीलाइ घरिघरि विचलित वनाएकाे थियाे । हामी हेर्दै पनि थियाै‌ र सिक्दै पनि थियाे कसरी टेक अफ गर्ने भनेर हामीलाइ सहयाेग गर्दै हुनुहन्थ्याे हाम्रा उडानसमुहका पाइलट । हाम्राे टिमका सवैजना उड्नका लागि उत्साहित थियाै‌ । जव हामी जमिन छाेड्नै क्रममा थियाै‍ त्याे अनुभूति हाम्रा लागि अद्बितिय नै थियाे तर त्याे भन्दा वढी डर थियाे हामीमा । जव म हुम गुरुङस‌ग उडानमा थिए वहाकाे निर्देशनले घरिघरि तर्साउथ्याे भने घरि उम‌ग थप्थ्याे तर जे भए पनि उडान सुरु भयाे । केही समयमा हामी आकाशमा थियाै निलाे आकाशमा हावास‌ग कावा खादै गर्दा पाेखरा जस्ताे देखिन्थ्याे हाम्रा लागि अनाैठाे थियाे र अवर्णनिय थियाे जव खुल्ला आकाशमा ज‌गलमाथि हामी थियाै‌ । खेतमा काम गर्दै खेताला साना कमिला जस्ताे देखिन्थाे भने पाेखरा वजार त कन्क्रिटकाे सहर जस्ताे । अर्काेतिर अग्ला अग्ला पहाड अनि काखमा रहेकाे पाेखरा र एउटा कुना सुसाइरहेकाे फेवामा मिसिएकाे खाेला हाम्रा लागि आकर्षण वनेका थिए । हामी उडानमा नै थियाे अचानक हाम्राे उडानलाइ चुनाैति दिदै थियाे वादल र वर्षाकाे तयारी गर्दै थियाे अत हाम्रा यात्रा यि वादलु र वर्षास‌ग सापटि लिएर केही समय छ्याेट्यायर हामी अवतरण तर्फ लाग्याै‌ । याे सुन्दर र अवर्णनिय यात्रा र उडान हाम्रालागि जिवनस्मरणिय यादगार वनेकाे छ। झाेलुङ्गे पुलकाे यात्रामा समेत तर्सने म आकाशमा विना सुरक्षाकवच र खुल्ला तरिकाले उड्नु मेराे लागि जतिवेला पनि मन तरङ्गित हुने घटना थियाे ।

हामी यात्री नै थियाे । विद्यालय केहि समयका लागि वर्षे विदामा थियाे तरपनि हाम्रासाथहरुमा भिन्नता आयाे । आफ्नाे व्यक्तिगत जिवनकाे व्यस्तताका कारण धनपति सर र काशिका म्याडम यात्रा छाेट्याउन थाल्नुभयाे भने हामी हाेइन वाग्लुङ् कालिका सम्म पुग्ने याेजना वनायाै । साँझकाे ४ वजेकाे थियाे हामी अवकाे गन्तव्य वाग्लङ् वनाउदै अगाडी वढ्यायाै ‍। हामी जादै गर्दा हामिले देखेकाे डाँडापाखा सदा भन्दा भिन्न थिए । प्रत्येक ठाउ हाम्रा लागि नया वन्दै थिए भने वेलुकाकाे हावा र चिसाेस‌ग साउति मार्दै हामी लुम्ले कुस्मा हुदै वाग्लुङ् पुग्याै‌ । यतिवेल करिव करिव छ वज्न आटेकाे थियाे भने हामीलाइ हाम्राे गन्तव्य परिवर्तन गर्ने अवसर पनि मिलेकाे थियाे । हामी वाग्लुङ् वजार नपुगि वेनि म्याग्दि तर्फ हानियाै । र त्याे रात म्याग्दीकाे डाँफे हाेटेल हामी घर वन्न पुग्याे । हामी केहि समय ताताेपानीसम्मकाे वाटाेकाे निरीक्षण र अवलाेकन गर्न थाल्याे र भाेलिकाे यात्राकाे छलफलमा लाग्याै । विहानै दिनेश सरकाे फाेन घण्टीले झस्काएकाे हामीलाइ ताताेपानीकाे यात्राका लागि सहज गराइदियाे ।समय अनुकूल थियाे । वाटाे ठिकै थियाे। हामीलाइ यस्ता पक्षले उत्साहित गराएकाे थियाे । यद्यपि हामी करि ७ वजेदेखि १० ३० वजेसम्म वाटाे सरसफाइ नियाल्दै वसिरह्यै । त्यसपश्चात हामी अगाडि वढ्याै । हाम्राे तिर कहि निकै कठिन थियाे भने कतै सहज नै थियाे । रुप्से झरना वाढिले हाेला राताे कलरमा देखिन्थ्याे र विशाल खाेला जस्ताे । प्रकृति हाम्रा आखामा कैद हेदै थियाे भने विभिन्न स्थान चाहि क्यामेरा केद गर्दै थियाे । समय समयमा धनपति सर म्याडमकाे अनुपस्थितिले खल्लाे वनाइरहेकाे थियाे हाम्राे यात्रा । हामी दाना घासा मार्फा हुदै जाेमसाेम पुग्याै हामी यतिवेला निकै भाेकाएका थियाै भनै म भने पेटकाे अस्वस्थतासगै जुझ्दै थिए । हामी कालिगण्डकीकाे किनारामा रहेकाे पवित्र तिर्थस्थल कागवेनी केहि वर्ष भन्दा भिन्न देख्दा मन खिन्न भयाे । गएकाे वर्ष वाढीका कारण कागवेनीलाइ तहसनहस वनाएकाे रहेछ । दिउसाेकाे करिव २ वजे मुक्तिनाथकाे पवित्र मन्दिर परिसरमा हाम्रा यहासम्मका सम्पूर्ण दुख हराएकाे थियाे । याे अनकन्टार ठाउ नेपालकाे मरुभूमि भनेर चिनिने मुस्ताङमा वालुवाकाे थुप्राे र पहाड देख्दा उदेक लाग्दाे हाे । तरपनि यात्रा फरक ठाउमा फरक माैसममा गर्दा निश्चय नै हाम्रा लागि जतिपटक जादा पनि फरक रङमा भेटिएकाे महसुस भयाे । जव भारतिय तिर्थयात्रीहरु १०८ धारा किन्चित विचलित नभइ स्नान गर्दा हामीलाइ पनि त्याे हिउजस्ताे पानीमा नुवाउन प्रेरित गरेकाे थियाे । करिव दुइ घण्टाकाे मुक्तिनाथ दर्शन र पुजाकाे कर्म सक्दै हामी अगाडी वढ्न थाल्याै । 

हामी फर्कन सुरु गरेका थियाै सगसगै हामीले जादा छुटेका स्याउ वगान  जाेमसाेम एयरपाेर्ट मार्फा वजार घुम्दै फर्कदै थियाे । यात्रा त्यतिधेरै सम्झनलायक हुदैनथ्याे हाेला यदि वेला वेलामा हामीलाइ नभिझाउने गरि वर्षा नपरेकाे भए । हामीले दानाकाे गहिराइलाइ विश्वकाे सवभन्दा गहिराे गल्छी हाे भन्दैनथ्याै हाेला । वाटाेमा भाेटेहरुकाे मिठाे आतित्थता सायद छुट्थ्याे हाेला । सगसगै हिमाली च्याउ एप्रिकाेटकाे स्वाद कितावमा पढेकाे भरमा अनुमान गर्नुपर्थ्याे । याे सवै व्यवस्थापन त हल्का वर्षा नै गराइदिएकाे थियाे । नया वाटाे कालिगन्डकीका किनारा अग्ला अग्ला पहाड रातकाे समय । तरपनि हामी जवरजस्तिमै गयाै र ताताेपानीमै आएर वस्नै निधाे गर्याै जस मुताविक साझकाे करीव ८ वजे तातापानीमा आइपुगियाे । वास कता के कसरी हामी थकित । तरपनि ताताेपानिमा रहेका हाेटेल दि स्प्रिङ भिउ हाम्राे गुढ वन्याे र हामी त्यहि वस्याै । हामी वसेकाे स्थानका शानदार र खर्च अनुसार व्यवस्थापन हामीलाइ पायनाै ।

कालिकाे कलकल आवाजले हाम्रेा विहान नन्द्रा नै भङ्ग गराइदियाे त्याे सुसाइरहेकाे नदि अग्ला अग्ला पहाड विचित्रकाे छ प्रकृति । करिव १ घण्टा प्राकृतिक ताताेपानी डुवुल्की मार्याै र हाम्राे फिर्ती गन्तव्यकाे वारेमा वुझ्न थाल्याै र थाहा पायाै आजकाे यात्रा यात्राहिन हुनेछ । ताताेपानीकाे मिठाे खाना र लामेा वसाइ पछि करिव १२ वजे हामी ताताेपानि छाेड्याै । उच्च पहाडि क्षेत्रकाे भ्रमण अझ त्यसमा पनि वर्षा सिजन वल्ल अनुभूति भयाे । हामी पहिराेका एकातर्फ छाै‌ अर्कातर्फ समय र गन्तव्य । हामीलाइ समय कस्दै थियाे भने पानी परिरहेकाे थियाे । रातिकाे पानिका कारणले ठुलाे पहिराे ढु‌गासग आएर वाटाे वन्द भएकाे थियाै‍ । हजाराै जना तिर्थयात्रि  विचमा पहिराे नेपालकाे यात्रा । दिउसाे करिव १ वजे डाेजर जे सि वि व्रेकर आए र घनिभूतरुपमा वाटाेमा भएकाे ढुङ्गा फाेर्न थाल्याे । करिव ६ घण्टाकाे अनवरत प्रयास पछि वाटाे एकतर्फि खुल्याे । खुशिले दङ्ग भयाै‍ । वाटाे छाेट्टिने आशले कुद्न थाल्याै ऽ

कतै यात्रा जवरजस्ति वनिरहेकाे थियाे । भने कतै वुटवल भैरहवा भन्दा राम्राे वाटाकाे अनुभूव हाम्रालागि सुन्दर थिए । समय परिस्थिती अनुकूल हुदा त जसले पनि यात्रा गर्छ हामीले क्षेत्रकाे । प्रतिकूल समयमा हामीले गरेकाे कम सुन्दर थिएन् । अझ वढि हामी हाम्रै हिसावले मनमाैजिले गरेकाे यात्रा थियाे यसमा थप हामी समयका कत्तिपनि दासि थिएृनाै । यसैले हाम्राे यात्रा सुनमा सुगन्घ थियाे । 

हामी वाग्लुङकाे हाेटलमा त्याे रातलाइ विसाउने जमर्काे गर्दै थियाै । हाम्राे अर्काे ध्येय थियाे वाग्लुङ कालिका जहा हामी विहानै जानेछाै‌ र पुजामा सहभागि हुने छाै‌ । हामीले साेचेअनुरुप हामी वाग्लुङ कालिका दर्शन गरेर विहानकाे ६ वजे विहानकाे चिसाे स्याठसगै मितेरी लाउदै पाेखराकाे यात्रा गर्याै । करीव १ घण्टाकाे यात्रामा हामी सराङकाेटकाे पल्लाे छेउ नागडाडा आइपुगियाे र  विहानी समयकाे सुर्यले पाेखरालाइ नियाल्दै गर्दा हामीपनि त्यहि पछ्याैरीमा वाधिदै पाेखरा झर्दै थियाे । पाेखराकाे डेभिज फल्स याे समयमा कस्ताे देखिएला भन्ने उत्सुकता थियाे । त्याे उत्सुकता मेटाउन करीव साढे सात वजे हामी डेभिज फल्समा गयाै तर मन भने खल्लाे भयाे । अपैक्षाकृत झरना देख्न पाइएन तरपनि मन खुशि नै थियाे । त्यसपश्चात भने सिधै घरतर्फ लाग्याै ।करीव ११ वजे हामी हाम्राे वासस्थानमा सकुसल आइपुग्याै ।

यात्रा आफैमा राेमान्चित गराउने क्षण हाे । उत्सुकता थप हुदा त्याे थप मनाेरम हुदाेरहेछ। कुनै जिम्मेवारी विना गरिएकाे यात्रा त हाम्रा लागि अति सुन्दर थिए । यात्रामा जिवनका दुख शेयर गर्न पाइयाेस् र समयसमयमा मिठाे झगडा पनि यस्ताे हाेस् कि दुइपाइला अगाडी सार्दा त्यहि जाेक वनाेस् ।हामीलाइ थाहा थियाे समय अनुकूल थिएन तर पनि विना याेजना वनेकाे यात्रामा त्याे पिडा आउनैपाएन । कताकति पानीले गासेका सम्वन्धले झस्काइरहन्थ्याे । हामी त्यहिपारामा थियाै जुन पारामा हाम्रा यात्रा सुरु भएकाे थियाे ।लागेकाे थियाे थकावट हुनेछ माेटरसाइकलकाे यात्रा । अनुभूति नै भएन त्यस्ताे । गजवकाे यात्रालाइ मानसपटलमा सजाएर शव्दमार्फत चित्रित गर्न खाेजेकाे मात्रै हाे ।

२०८१ साल साउन १८ गते 

दमकडा घरवाट एकत्रित गरेकाे ।