इजाेरिया शव्दले भावना सुम्सुमाउदै।


 सुविन भट्टराईकाे पछिल्लो उपन्यास इजाेरियामा के छ? केहि समय पहिले फेसवुक वा टेलिभिजनका वहसमा इजाेरिया शव्दमा भएकाे वहस र अर्थ खाेज्दै जाने क्रममा फेला परेकाे चन्द्रमा उज्यालाे वा कभर पेजमा देखिएकाे हसिया आकारले तानेकाे मनलाई पुस्तकमा फेला पार्न तयार गरेकाे भावना  र जिज्ञासाले म जस्ता पाठकलाई पक्कै विलखवन्दमा पारेकाे महसुस हुन्छ वा देखिन्छ। समय र अनुभवले निखारेकाे प्रतीक हुने इजाेरियामा देखिएकाे निखारता झन प्रवल देखिएकाे छ। सिर्जनात्मक विम्व, सामाजिक एवम् राजनीतिकाे विषमता, लैंगिक विभेद, भाषिक क्लिष्टत, प्रेमकाे अाहुति पक्षलाई लेखकले कठाेर भइ प्रस्तुत गरेका छन्। 

कथा पुर्वी नेपालकाे तराई अन्तर्गत मिथिलान्चलवाट शुरु हुन्छ । सामान्य परिवारमा हुर्केकी शिरीष पारिवारिक रनभुल्लमा हराएकी छन्। आमाकाे न्यानाे माया र वावुकाे वात्सल्य पाउने वेलामा अनायासै जिवनलाइ अन्त्य गर्न वाध्य हुन्छिन् ।सिम्रिक परिवारकी दाेस्राे छाेरि । वाध्यात्मक परिस्थिति प्रतिकुल सामाजिक चेतावनी र घरमा लक्ष्मीकाे आगमन।  सिम्रीक प्रत्येक  विषम परिस्थितिमा आफुलाइ अभ्यस्त वनाउदै जान्छन।  विशेषत कथाकाे सुरुवातमा देखिने आवरण कथाकाे अन्तमा भिन्न पारामा सकिन्छ। जव पात्रहरुकाे विकास हुदै जान्छ कथामा काैतुहलता थपिदै गएकाे छ। 

सिम्रिकले कथामा अाफुलाइ  विद्राेही पात्रकाे रुपमा विकास गरेकी छन् भने कथाकारले पात्रकाे  विकासलाइ विद्राेही वनाउन कथामा घटना र परिस्थितीलाइ दाेहाेर्यािहिकाे छ। सिम्रिककाे दिदिले आफुलाइ संघर्षमा आफुलाइ कमजाेर ठहरंयकाे आभाष हुन्छ । जव आफ्नाे घरमा नै आफ्ना मान्छेले व्यभिचार गरेपछि कथाले जडताकाे विकास गर्दछ । घरकाे मुलिले पितृसतात्मक राज्यलाइ अगाडी वढाएकाे पाइन्छ । जव घरमा मानिसहरु तास खेल्न मात्र आउदैनन् काेहि त आफ्नै आमा सम्पुर्ण व्यवस्थापकलाइ धाराशाहि मात्र वनाउदैन कथाकाे सम्पुर्ण माेड नै फरक वनाउछ । सिम्रिक आफ्नै वावाकाे हातवाट वारम्वार पिटिने र सिम्रिक मनाेविज्ञानका हिसावले कठाेर र जवरजस्त वनेकी छन् । 

सिम्रिककाे आफ्नै घरमा आफ्नै प्यारी दिदीकाे मृत्युकाे अनुभवले उनकाे अन्तस्करणमा छुन पुग्छ र  दिदीकाे आत्महत्याकाे कारण के हाे त भनि दिदीका साथिहरु र प्रेमिकाहरुकाे सम्वन्धले कथालाइ अझ चेपिलाे र कसिलाे वनाउछ। उनि वाल्यकालकाे साथि जात र समुदायकाे हिसावले मधेशलाइ प्रतिनिधित्व गर्छ यादव उनकाे सहयाेगकाे लागि जुन समर्प‍ण देखिएकाे छ यसले मधेश आन्दाेलनमा पहाडियाकाे भुमिका र मधेशि र पहाडिया विचकाे सम्वन्धलाइ प्रष्ट पारेकाे छ । याे पारस्थितिक घटनाले पाठककाे आखा रसाउन हाल्छ । 

जव सिम्रिक कलेज पढ्न शुरु गर्छिन उनि कलेजकै एकजना साथिसगै प्रेममा पर्छिन् र साे प्रेमकै कारणले आफु लुटिन्छन् तर आफु लुटिएकाे कुरा आफुभित्रै मात्र इगाेकाे रूपमा  विकास गर्छिन् जसकाे फलस्वरुप अर्काे एकजना केटालाइ साेही खालकाे व्यवहार प्रदर्शन गर्दिछन्। याे इजाेरियाकाे फलतः वस्तुगत फरकपन हाे । उनकाे यादव र यादवकाे परिवारस‌ग भएकाे न्यानाे सम्वन्धले नेताले जनतालाइ उचाले पनि जनता जनता  विचकाे सम्वन्ध भने फरक छ ।

सिम्रिक विस्तारै नशाकाे सहाराले आफ्नाे शक्तिलाइ संचित गर्छिन र यसैकाे माध्यमले आफ्नाे वावुसंगकाे सम्वन्धलाइ एउटा  निकाश दिने अवस्थामा पुग्दछिन् जसका कारणले उनि वास्तविकताकाे इपिसेन्टरमा पुग्दछिन् र आफ्नाे दिदीकाे वास्तविक हत्याकाे कारण र आफ्नै आाम वलात्कार भएकाे सत्य तथ्य पत्ता लगाउछिन् जसका कारणले सिम्रिक अव सामान्य  विद्राेही मात्र नभइ एक सक्षम र परिपक्व पात्र वनेर आफ्नाे आमा भाइ र वहिनीकाे सहारा वन्दिछन् । पुरुषप्रधान समाजलाइ चुनाैति दिदै छाेरीकाे भुमिका जुन सिम्रिकले  निभाएकी छन् । यसले महिलालाइ थप उत्साह र साहस थपिदिएकाे छ। कथाकाे अन्ततिर पाठकलाइ थप काैतुहलता वढाएकाे छ । पाठककाे स्वास वढ्छ भने कथा सम्वन्धि फरक धारणा वन्दै गइरहेकाे हुन्छ । तर लेखकले पाठकलाइ सम्पुर्ण जिम्मा छाेडेर गएका छन्। 

यहा सिम्रिकले आफ्नाे दिदीकाे हत्यारा र आमाकाे वलात्कारी  विरुद्द लडेकाे मुद्दाले अन्तमा युद्द  जित्न सजिलाे रहेनछ भन्ने कुराकाे महुसुस गराउछ भने सत्यकाे  जितका लागि कानुन र प्रहरी मात्रै समाधान हाेइनन् भन्ने कुराकाे पुष्टी कथाकाे अन्त्यमा भेटियकाे लाशले गराउछ । यस्तै गरी सिम्रिक र यादवकाे सम्वन्धलाइ लेखकले पाठककाे जिम्मामा छाेडिदिएका छन् । याे खालकाे कथाकाे अन्त्यले पाठकलाई पछि पछि सम्म पनि कथाकाे झझल्काे गराइरहन्छ ।

इजाेरियाकाे अध्ययन पश्चात एउटा पाठकलाइ लागेकाे वस्तुस्थिति । 

हाेत्रीराज ढुंगाना दमकडा माध्यमिक विद्यालय  अंग्रेजी शिक्षक तानसेन ९ पाल्पा ।

No comments:

Post a Comment