मनकाे रहर

 समय अाफैमा गतिशिल छ। कहिले सिकाउदै अगाडि वढ्छ त कहिले सिक्दै । यि आफैमा  नियमित चल्ने प्रक्रिया हो।  वास्तबमा सिक्नलाइ धेरै कुरा छन्। यसमध्ये कविता लेखन कार्य प्रारम्भ गर्न मन छ। 

रुन्छ मन कसैलाइ सम्हालिनका लागि

देख्छु कसम पग्लन्छ मन अति

समय फरक छ विचार अलग छ

केवल देखावटी छ 

कस्ताे अन्याय मान्छ मन अनि पिडा वाेध गराई

शव्द अनमयस्क छ प्रस्तुत गर्नलाई

अनुत्तरित छन् प्रश्नका उत्तरहरू तर काेशिश जारी 

मन उद्देलित छ केहि आउछ की भनि तर निरर्थक 

व्यर्थमा आफैलाइ प्रश्न किन गरे हुला जस्ताे भान

खाेजी र  सिकाइ अनवरत भएपनि उत्तर अनुत्तरित 

कस्ताे आवेग कस्ताे आरम्भ तरपनि खाेजि निरन्तर

मनकाे अस्थिरताकाे वुझाइ झन गहिराइ तर्फ 

उदास म खै के काे खाेजिमा झन वरालिदै 

आफैले आफुलाइ लुटाउन खाेजे जस्ताे

आफेमा अव केहि वाकि नरहेकाे म

मात्रै खाेजि सचरित्रताकाे मेराे वुझाइमा 

अरुले के भन्छन भन्नेसंग कातर भइ खाेज्देछु आफ्नै परिचय


गुमाइ सामान्य हाेला तर वुझाइ गलत भयाे

ठम्माइ गलत हाेला अन्तस्करणले मानसपटल डाकिरह्ये 

तिमी कत्तिपनि विचलित नहुन सक्छाैं 

आफ्नाे गल्तिलाइ शुन्य वनाउन काेशिश तर मेराे मन

उत्कर्षकाे लगाम झै पगरी खेल्दै अझ वलवान वन्दैछ 

वुझ्दिन म कत्तिपनि यस्ता कर्म तरपनि गम्भिर लाग्छ

मात्र समागम हाम्रा अभिलाषा हाेइन सामिप्यता पनि हाे

खाेजि गरेकाे छु उर्लाइ मनकाे भारीवाट तर पाेखिन्छ की जस्ताे कतिवेला

अनायसै मन संग्लन्छ खै के खाेजेकाे हाे 

देखेकाे छ प्रेम आचार्यकाे विद्राेह अनि कुवेरै भएकाे महसुस हुन्छ


खाेजी गराइ मनकाे विचलित कत्ति हुदैन अझ दह्र्याे वन्छ 

साच्ची म आफ्नाे मन विस्तारै जाेड्छु अनि फेरि आगाेकाे ज्वाला दनदनी वलेकाे देख्छु

मन  निस्वस्त्र भएकाे पाउंछु तर पनि विद्राेही वन्न सक्दैन 

कमजाेर मानाैं इतिहास काे काेतपर्व र एकिकरणकाे रगतकाे कथा जानेकै हाे

सगै माअाेकाे नव प्रगतिशिलवाद पनि त ताजै छ ।

मात्रै तिमी मेराे मात्रै हाे भन्ने सपना वुन्नु पनि गलत हाे

जतिवेला तिम्रा शव्दका तिता वाण मेरा मुटुमा छिद्र वनाइ जान्छ 

त्यसकाे पिडा त मैले मात्रै वुझ्ने हाे अनि यहा सस्ता कुरामा 

वहिगात वलिदानी गरिन्छ वाेलि वन्द भएजस्ताे ठान्छन 

फगत वाेलि राेकिन्छ मन त झन जर्जर वन्दछ 

अनि जाेडिन्छ मात्रै थप वर्वरता क्रुरता

कति निर्दयी छ मानिस आफैमा ठान्छ उच्चवलकाे 

वाेलि त्यहि हराउछ जहां शान्तकाे विद्राेह 

आंधी वनेकाे छ राेक्न शायद हम्मे हम्मे परेकाे यहा

आफैले आफुलाइ सजाय दिइरहेकाे छ ।


जव छिद्र वन्छ तव त्यसकाे काम कहानिर 

ठम्माइ र गराइ मनमाैजि वन्दा म कतैतिर विराए जस्ताे

अनुत्तरित मेरा मन कुंढिएकाे छ मात्र  तिम्राे व्यवहारले

जटिल छ मेरा कुरा प्रष्टाउन म वल गर्दछु तर भत्कन्छ की 

वलजफ्तीकाे याे मिलन हास्यास्पद ठान्दछु 

वल गरेरै भएपनि निकाश मनकाे मेराे रहर 

मन भने मात्रै कुडिएकाे कस्ताे भलाद्मी विना संवाद

वढिरहेछ तिम्रा लाजका भकारी म त्यसलाइ सजाइ मात्र कति रहु

मेराे मनकाे कुनाले खाेजेकाे कतै त्यहि छिद्रमा हराउने त हाेइन

खाेजि गर्छ मेराे मनकाे रहर जुन खुम्चिएकाे छ ।

                      मिति २०७९ साल माघ १४ गते ७ राेज शुभम् ।

No comments:

Post a Comment